२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘ठमेल क्षेत्रमा देखिएको विकृति सबै मिलेर नियन्त्रण गर्नुपर्छ’


0
Shares

काठमाडौं, असार १५ । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा कानुनी दायरमा बसेर व्यापार–व्यवसाय गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आगामी साउन १ गतेदेखि ठमेल क्षेत्र २४ सै घन्टा खुला गर्ने तयारी भइरहेको बेला शुक्रबार गरिएको अन्तरक्रियाका सहभागीहरुले ठमेल क्षेत्रमा विकृति पनि देखिएकाले सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

डान्सबार, रेस्टुरेन्ट, दोहोरीसाँझ र साना होटलमा कार्यरत् महिला र बालश्रमिकहरुका समस्या बढी देखिएको उनीहरुको भनाइ थियो ।

सो अवसरमा सो क्षेत्रका सांसद तथा वडाध्यक्षहरुले ठमेललाई अपराधमुक्त र मर्यादितरुपमा विकास गर्ने पहल गर्ने बताएका थिए ।