
उम्मेदवार तथा दलहरुले अन्य दलका मतदातालाई आफूतिर तानेर चुनाव जित्ने मूख्य रणनीति बनाएका छन् । पार्टीभित्रका असन्तुष्टहरुलाई मनाउन र मतदातालाई रिझाउन उम्मेदवारहरु गाउँ केन्द्रित भएका छन् । बाम गठबन्धन र नेपाली कांग्रेसबीच तिव्र प्रतिष्पर्धा रहेको यस जिल्लामा मतदाता भेटघाट तथा घरदैलोमा पुग्न पनि प्रतिष्पर्धा नै चलेको छ ।
उम्मेद्वारहरु मतदातालाई पूर्वाधार विकासका आश्वासन दिएर उम्मेदवार मत तान्ने कोशिसमा छन् ।
चुनावी अभियानको दौडमा रहेका उम्मेदवारहरु मतदाताको घर घरमा आकर्षक विकासे नारा लिएर पुग्ने गरेका छन् । चुनावपछि गाउँ नफर्कने नेताहरुका आवाश्सनप्रति स्थानीय भने विश्वस्त हुन सकिरहेका छैनन् ।
६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा आगामी मंसिर २१ गते हुने निर्वाचनमा स्वतन्त्रसहित ११ राजनीतिक दलका उम्मेदवार प्रतिश्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्