
फाइल तस्वीर
निर्वाचन आचारसंहिता विपरित विक्षिप्त दृश्य सार्वजनिक गरिएको भन्दै प्रहरीले रोक्ने क्रममा बिहीबार साँझ रौतहटको गरुडा नगरपालिका–५ मोहमदपुरमा प्रहरी र मधेशवादी दलका कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा परी १५ जना प्रहरी र तीन जना स्थानीय घाईते भएका छन् ।
मधेशवादी दल राजपा नेपालले मधेश आन्दोलनको समयमा भएको घटनाको भिडियो बनाएर स्थानीय मतदातालाई एकत्रित गरी प्रोजेक्टरबाट देखाउने क्रममा प्रहरीसँग झडप भएको हो ।
प्रहरीले भिडियो देखाउन रोक लगाएपछि गोलीसमेत चलेको हो । झडपको क्रममा ढुंगामुढा, अश्रुग्यास र हवाई फायर भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्