
चुनाव जितेर जाने उम्मेदवारहरुले चुनावपछि चटक्कै बिर्सने गरेका कारण यो गाउँमा खासै चुनावको रौनक आउन नसकेको हो । गुरवनियाबासीहरुले संविधानसभा निर्वाचन २०६४ र २०७० मा सक्रिय सहभागिता जनाएका थिए । पछिल्ला दुईवटा निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेका मतदाताहरुले निर्वाचित नेताहरु निर्वाचन जितेर गएपछि जनतालाई चटक्क बिर्सने गरेको गुनासो गर्छन् ।
उनीहरुले विगतमा जितेर गएका नेताहरुले स्थानीय जनताका आवश्यकता पनि गाउँमै छाडेर जाने गरेको गुनासो गरे ।
गुरवनिया क्षेत्रमा कृषकहरुको बढि बसोबास रहेको छ । कृषिमा आत्मनिर्भर बन्दै गएको रुपन्देहीका अधिकांश भागमा सिंचाईको सुविधा नहुँदा कृषकहरु मर्कामा परेका छन् । हिउँदको समयामा सिंचाई नहुनु र वर्षा लागेपछि बाढी घरघरमा पस्ने गरेका कारण आफुहरु हैरानीमा परेको उनीहरु बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्