
मूख्य प्रतिश्पर्धी लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेस र बाम गठबन्धनको नेकपा एमालेले चुनाव प्रचार प्रसारसँगै मतदाता शिक्षा पनि अभियानकै रुपमा सञ्चालन गरेका हुन् ।
दलहरुले चुनाव प्रचारका लागि आयोजित चुनावी सभाहरुमै सहभागीलाई कसरी मतदान गर्ने भन्नेबारे सिकाएका हुन् । मतदाता शिक्षाका लागि दलहरुले नमूना मतपत्रलगायत आवश्यक सामग्रीसमेत आफैँ छपाएका छन् ।
गाउँ–गाउँमा आफ्ना कार्यकर्तामार्फत घरदैलो गरेर मतदाता शिक्षा दिएको कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताए ।
निर्वाचन आयोगले मतदाता शिक्षा दिइरहे पनि त्यो कम प्रभावकारी भएको भन्दै दलहरुले आ–आफ्नै मतदाता शिक्षाको कार्यक्रम बनाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्