२ असार २०८२, सोमबार | Mon Jun 16 2025


मतदाता परिचयपत्र हराएकाहरु नाटक हेरेपछि ढुक्क


0
Shares

यो नाटक ४५ जिल्ला मध्य शनिबारसम्म २५ जिल्लामा मञ्चन कार्य सकिएको छ । बाँकी २० जिल्लामा मञ्चन जारी छ । यस्तै क्रममा प्रदेश १ को झापा, सुनसरी र उदयपुर जिल्लामा शनिबार नाटक ‘महादान’ मञ्चन भएको छ ।

परिवर्तन नाट्य समुहले झापास्थित बेचनाकवल गाउँपालिकाको बनियानी, भद्रपुर नगरपालिकाको चन्द्रगढी बजार, हल्दीबारी गाउँपालिकाको हल्दीबारी बजार, बिर्तामोड नगरपालिकाको बिर्ताबजार र मेची नगरपालिकाको धुलाबारी बजारमा नाटक ‘महादान’ प्रदर्शन गरेको छ । यती ठाउँको मञ्चनसँगै शनिबारबाट झापामा महादानको मञ्चान समापन भएको छ ।

यस्तै सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको बिजयपुर, बराह नगरपालिकाको चक्करघट्टी, कोशी गाउँपालिकाको लौकिही र भाक्राहा गाउँपालिकाको भोक्राहा बजारमा आरोहण गुरुकुलले नाटक मञ्चन ग¥यो ।

मोरङको विभिन्न स्थानमा यो नाटक सफलतापूर्व मञ्चन पछि उनीहरुले सुनसरीमा मञ्चन थालेका हुन् । यस्तै भर्‍याङ नाट्य समुहले उदयपुर जिल्लाको थाक्ले गाउँपालिकाको थाक्ले र उदयपुरगढीमा नाटक महादान मञ्चन गरेका छन् ।

नजिकिदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै सांस्कृतिक संस्थान (राष्ट्रिय नाँचघर)ले आरोहण गुरुकुलको सहकार्यमा यो नाटक मञ्चन भईरहेको हो । यस्तै शनिबार प्रदेश २ को सिराहा, धनुषा र बारामा पनि नाटक ‘महादान’ मञ्चन गरिएको छ ।

धनुषा जिल्लाको नगराइन नगरपालिकाको गम्ली, मुख्यापट्टी गाउँपालिकाको बेहडाबेला, हसपुरकटपुला नगरपालिकाको बघचौडा, बटेश्वर गाउँपालिकाको बटेश्वर बजार र लक्ष्मीनिया गाउँपालिकाको सफहीमा लोकसंचार समुहले नाटक प्रदर्शन गर्दा गरेको छ ।

यस्तै गढीमाइ नाट्य समुहले बारा जिल्लाको महागढीमाई नगरपालिकाको बबाइन टोल, सिम्रनगढ नगरपालिकाको गंगानगर, सुवर्ण गाउँपालिकाको हर्दिया टोल र देवताल गाउँपालिकाको रहुवालीमा नाटक महादान भोजपुरी र नेपाली भाषामा देखाएको छ ।

सिराहाको कर्जनाहा नगरपालिकाको कर्जनाहा बजार, मिचैया नगरपालिकाको कटहरीचोक, धनगढीमाई नगरपालिकाको धनगढी बजार र गोलबजार नगरपालिकाको आँशुपुरमा बिराट मैथिल नाट्य समुहले नाटक देखाएको छ । यी ठाउँसँगै सिराहामा पनि नाटक महादान मञ्चन सकिएको छ ।

प्रदेश ३ को भक्तपुर जिल्लामा पनि शनिबार जगत तामाङ नेतृत्वको सेलो थिएटरले मतदाता शिक्षा नाटक ‘महादान’ देखाएको छ ।

तामाङका अनुसार जिल्लाको चाँगुनारायण नगरपालिकाको चाँगुनारायण, मध्यपुर थिमी नगरपालिकाको थिमी बजारमा नाटक प्रदर्शन गरियो ।

यी ठाउँमा नाटक महादान नेपाली, नेवारी र तामाङ भाषामा मञ्चन गर्दा दर्शकको उल्लेख्य उपस्थित भएको सेलोका कलाकारहरुले बताए ।

त्यस्तै प्रदेश ४ को तनहुँ र स्याङ्जाका स्थानिय बासिन्दाले शनिबार नाटक महादान हेर्दै मतदान कला सिकेका छन् ।

तनहुँ जिल्लाको ब्यास नगरपालिकाको दमौली बजार, बन्दीपुर गाउँपालिकाको डुम्रे बजार र भानु नगरपालिकाको भन्सार बजारमा भिक्टोरिया नाट्य समूहले नाटक महादान देखायो ।

उता हाम्रो मझेरी समूहले स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिकाको मिर्मी बजार, गल्याङ नगरपालिकाको गल्याङ बजार, चापाकोट नगरपालिकाको दर्सिङ बजारमा नाटक ‘महादान’ मञ्चन गरेको छ ।

प्रदेश ५ पुगेको साँस्कृतिक संस्थानको आकाश थापाको नाट्य टोलीले गुल्मी जिल्लाको रुरु गाउँपालिकाको बलेटक्सार, छत्रकोट गाउँपालिकाको भडेवा, दरबार गाउँपालिकाको गौडाकोट र औशिकोट नगरपालिकाको वामी टक्सारमा सडक नाटक महादान देखाएर मतदान गर्न सिकाएको छ ।

यहि प्रदेशमा साँस्कृतिक संस्थानकै रमेश केसी मट्टारे निर्देशीत नाट्य समूहले शनिबार नै रुपन्देहीको मायादेवी गाउँपालिकास्थित बेथरी गाउँ, कञ्चन गाउँपालिकाको गजेडी गाउँ, गैडाहवा गाउँपालिकाको सुर्यपुरा गाउँ र शैनामैया नगरपालिकाको सालझण्डीमा नाटक महादान देखायो ।

रुपन्देही पछि पाल्पा पुगेर आफुहरुले जिल्लाको तिनाउँ गाउँपालिकास्थित झुम्सामा नाटक ‘महादान’ मञ्चन गरेको ब्यवस्थापक पवित्रा पंगेनीले जानकारी टिपाइन् ।

यस्तै प्रदेश ६ को सुर्खेतमा पनि आरङ नाट्य समूहले नाटक मञ्चन गर्‍यो ।

सुर्खेत जिल्लाको चौकुले गाउँपालिकाको गुठु, पञ्चपुरी नगरपालिकाको बाबियाचौर, बराहताल गाउँपालिकाको बड्डीचौर, बिरेन्द्र नगरपालिकाको बाघेसिमलमा नाटक देखाइएको नाट्य समूहका गणेश गौतमले जानकारी दिए ।