
जिल्लाका टाढा रहेको मतदान केन्द्रमा सोमबार साँझसम्म निर्वाचन सामग्रीसहित कर्मचारी पुग्ने छन् ।
मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरण गरि मतदान गर्ने तरिका पनि सिकाउने मूख्य निर्वाचन अधिकृत राजेशकुमार काफ्लेले जानकारी दिए ।
३१८ मतदान स्थल र ५१६ मतदान केन्द्र रहेको सर्लाहीमा ३ लाख ८५ हजार ५८१ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्