
काठमाडौं, पुस ९ । क्रिसमस डेको पूर्वसन्ध्यामा क्रिस्चियन धर्मावलम्बीहरुले सोमबार ‘क्रिसमस इभ’ मनाइरहेका छन् ।
नेपालमा रहेका क्रिस्चियन धर्मावलम्बीहरुले पनि क्रिसमस इभ मनाइरहेका छन् ।
रेस्टुराँ तथा होटलहरुमा गएर खानपिन गरी इभ मनाउने चलन रहेको छ ।
नेपालका पर्यटकीय क्षेत्रका होटेल तथा रेस्टुराँहरुमासमेत क्रिसमसको सजावट गरिएको छ ।
डिसेम्बर २५ तारिखलाई क्रिस्चियनहरुले जिसस क्राइस्टको जन्मदिनकारुपमा मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्