
दक्षिण कोरियाको दक्षिण–पूर्वी इन्चोनस्थित योंगह्युंग आइल्यान्ड नजिक माछा मार्न हिँडेको डुंगा र इन्धन बोकेको ट्यांकर एक आपसमा ठोक्किंदा १३ जनाको मृत्यु हुनका साथै दुई जना हराइरहेका हुन् ।
दक्षिण कोरियाली ‘कोस्ट गार्ड’का अनुसार अन्य सातजना घाइतेलाई उपाचारका लागि अस्पताल लगिएको छ । डुंगामा दुईजना चालक दलका सदस्य र २० जना यात्रु सवार थिए ।
ट्यांकरका सबै यात्रु भने सकुशल रहेको जनाइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्