
सर्लाही, असार १५ । असारको आधा समय सकिनै लाग्दा पनि सर्लाहीलगायत तराईका अधिकांश जिल्लामा धान रोपाइँले गति लिन सकेको छैन ।
आधुनिक प्रविधि र सिँचाइको राम्रो प्रबन्ध नभएपछि अधिकांश कृषकलाई समस्या भएको हो ।
तराई क्षेत्रमा आधुनिक प्रविधि र कृषि सामग्रीको अभावमा धानखेती प्रभावकारी हुन सकेको छैन ।
सर्लाहीलगायतका तराईका जिल्लामा केही दिनअघिदेखि नै धमाधम धान रोपाइँ भइरहेको छ । सिँचाइको प्रबन्ध नरहेको क्षेत्रमा अझैपनि जमिन बाँझै छ ।
सरकारले कृषिलाई आधुनिकीकरण व्यावसायिक बनाउने नीति ल्याएपनि किसानमैत्री प्रविधिको अभावमा अधिकांश कृषकलाई समस्या भएको छ ।
प्रदेश नम्बर–२ की प्रदेशसभा सदस्य बेची लुंगेली सरकारले किसानको समस्या समाधान गर्न नसकेका कारण धानखेती प्रभावित भएको बताउँछिन् ।
धान दिवसका थुप्रै औपचारिक कार्यक्रम गरेपनि किसानको समस्यामा ध्यान दिन नसके त्यसको कुनै सार्थकता देखिँदैन । किसानको यस्तो समस्यालाई सरकारले बुझिदिनुपर्ने किसानहरुको आग्रह छ ।
खेतीयोग्य जमिन प्रशस्तै भएपनि राम्रोसँग उपयोग नहुँदा खाद्यन्नको माग पनि धान्न नसकिएको उद्योग वाणिज्य संघ हरिपुरका अध्यक्ष शंकर दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्