रुकुमको दुर्गम आठविसकोटमा पहिलोपटक इन्टरनेट पुग्यो • Image Khabar Image Khabar


रुकुमको दुर्गम आठविसकोटमा पहिलोपटक इन्टरनेट पुग्यो


Imagekhabar
१७ मंसिर २०७४, आईतवार १८:२१

रुकुमको दुर्गम आठविसकोटमा पहिलोपटक इन्टरनेट पुग्यो

पश्चिम रुकुमको सबैभन्दा दुर्गम नगरपालिका आठविसकोटले पहिलोपटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो ।

नगरपालिकाको रु एकलाख भन्दाबढीको लगानीमा पहिलोपटक नगरपालिकाको कार्यालय तथा वडा नम्बर ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो ।

‘एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड’ जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिएको आठविसकोटमा इन्टरनेट जडान गरिएपछि कामकाजमा सहजता आएको प्रमुख केसीको भनाइ छ ।

नगरपालिकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा सिसी क्यामेरा र डिजिटल हाजिरीको व्यवस्था गर्न लागेकाले त्यसका लागि इन्टरनेट आवश्यक भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्