
पहिलो पटक नयाँ प्रणालीको चुनावी दौडमा रहेकाले जिल्लास्थित राजनीतिक दलहरु सदरमुकामसहित गाउँपालिका र वडास्तर मात्र नभई मतदातालाई गाउँबस्तीमै भेट्न पुगेका छन् ।
डडेल्धुरामा नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीबाट खगराज भट्टबीच प्रतिस्पर्धा हुँदैछ । विकासका मुद्दा अघि सारेका डडेल्धुराका मतदाता भने बाम गठबन्धनलाई सहयोग गर्ने कि प्रधानमन्त्रीलाई भन्ने दोधारमा छन् ।
संविधानअनुसार संघीय स्वरुपको नयाँ संरचना र पद्धतिको निर्वाचन हुने भएकाले आम नागरिकको पनि चुनावमा चासो बढेको छ । टोलटोलमा कुन पार्टीका उम्मेदवारलाई मत दिने भन्ने छलफल पनि चलिरहेको छ ।
युवाहरु रोजगार र महिलाका समस्या समाधान जसले गर्छ, उसैलाई मत दिने बताउँछन् । २०४८ सालदेखि लगातार चुनाव जितेर पटक पटक प्रधानमन्त्री बन्दा डडेलधुरा र समग्र सुदूरपश्चिमको विकासमा विशेष भूमिका निर्वाह गरेकाले पनि कांग्रेस उम्मेदवार देउवा बलियो रहेको केही मतदाता बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्