१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


पोखरामा रोपाइँ महोत्सवको रौनक (भिडियो)


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार १५ । धान दिवसको अवसरमा शुक्रबार पोखरामा पर्यटन व्यवसायीले रोपाइँ महोत्सव मनाएका छन् ।

विदेशी पर्यटकहरुकोसमेत उल्लेख्य सहभागिता रहेकोे महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ पोखरा पर्यटन परिषदद्वारा आयोजित फेवातालको सिरान पामेमा १५औं संस्करणको महोत्सव सम्पन्न भएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी हरेक वर्ष असार १५ लाई पोखरामा असारे रोपाइँ महोत्सवकारुपमा मनाउने परम्परा नै बसेको छ । 

रोपाइँ महोत्सवमा विदेशी पर्यटकको सहभागितासहित पोखरावासीको उल्लेख्य सहभागिता रहेको थियो ।

असार १५ मा हिलोमै टेक्नुपर्छ भन्ने मान्यताले महोत्सवमा अधिकांश सहभागीहरु हिलाम्य भएको देखेपछि विदेशी पर्यटकहरुसमेत मन थाम्न नसकी हिलो छ्यापा–छ्याप गरेर रमाएका देखिन्थे ।

महोत्सवमा साउने प्रतियोगिता, आमा समूहबीच असारेगीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, नेपाली महिला–पुरुष र विदेशी महिला–पुरुषका लागि छुट्टाछुट्टै दौड प्रतियोगितासमेत गरिएकोे थियो ।

भिडियो हेर्नुहोस्