Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


निर्बाचनको मौनअवधिमा के गर्न पाईदैन ?


0
Shares

उम्मेद्वारहरुका लागि मतदाता आफ्नो पक्षमा पार्न गरिने चुनावी प्रचार प्रसारको आज अन्तिम दिन हो । निर्वाचन आयोगले मौनअवधि सुरु भएपछि कुनै पनि माध्यमबाट मत माग्न नमिल्ने जनाएको छ ।

मौन अवधिमा राजनीतिक दल, उम्मेद्वार र दलका कार्यकर्ताले कुनैपनि माध्यमबाट भोट माग्न पाउने छैनन् । मौनअवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न तथा निर्वाचन प्रचारसम्बन्धि कुनै गतिविधि गर्न पाइने छैन् ।

यस्तै, मौन अवधि शुरु हुनुभन्दा अगाडी नै मतदान केन्द्रको ३०० मिटर वरिपरि रहेका प्रचार सामग्री पनि सम्बन्धित उम्मेदवारहरुले हटाउनुपर्ने निर्वाचन आचारसंहितमा उल्लेख छ ।

निर्वाचन आयोगका प्रवक्ता सह–सचिव नवराज ढकालले मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यममार्फत समेत मत माग्न र कुनैपनि प्रकारका निर्वाचन प्रचार–प्रसार गर्न नपाइने बताए ।

संचारमाध्यमहरुले पनि कुनै उम्मेद्वार र दलको प्रचार तथा प्रचारजन्य सामाग्री प्रकाशन तथा प्रशारण गर्न पनि पाउँदैनन ।

आयोगका प्रवक्ता ढकालले कुनै पनि राजनीतिक दल,दलका कार्यकर्ता र उम्मेद्वारले निर्वाचन मौनअवधिको अवज्ञा गरे निर्वाचन ऐन,प्रचलित नियमकानुन आकर्षित हुने स्पष्ट पारे ।

निर्वाचन आयोगले पहाड र तराईका गरी ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १५ हजार ३ सय ४४ मतदान केन्द्र कायम गरिएको जनाएको छ ।

मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।