
मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले सुरक्षाको पूर्णप्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।
पछिल्ला दिनमा सुरक्षाको वातावरणमा क्रमिक सुधार आएको भएपनि निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकार अझै चनाखो बन्नुपर्ने सुझाव उनको छ ।
अत्यावश्यकीय सामग्रीसहित निर्वाचन कर्मचारीहरु मतदान केन्द्रहरुमा पुगिसकेको जानकारी दिँदै उनले मतदान केन्द्रहरुमा सीसीटीभीको व्यवस्था गर्न निर्देशन दिइएको बताए ।
४५ ओटै जिल्लामा सूक्ष्म अनुगमनकर्ताले काम गरिरहेको पनि उनको भनाइ छ ।
मतदाताहरु मत दिन उत्साहित रहेको भन्दै उनले यसपटक ७० प्रतिशतसम्म मत खस्नसक्ने अनुमान रहेको बताए ।
मौनअवधिभर प्रचारका कुनै काम नगर्न उम्मेदवारहरुलाई आग्रह गर्दै उनले आचारसंहिता उल्लंघन गरिए कडा कारबाही गरिने प्रस्ट गरे ।
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने पनि डा. यादवको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्