
मतदानस्थल र मतदान केन्द्र पुगेका कर्मचारीहरुले मंगलबारदेखि मतदाता परिचयपत्र वितरण, मतदानका लागि मतदानस्थलको भौतिक तयारी, सूचना टाँस्नेदेखि मतदाता शिक्षा कार्यक्रम सन्चालन गरिरहेका छन् ।
यस्तै, सर्वदलीय बैठक र मौनअवधिमा आचारसंहिता उल्लघंन भए÷नभएको अनुगमन पनि गरिएको छ ।
धनकुटाका ११७ मतदान केन्द्र र १५३ मतदानस्थलका लागि एक हजार ८३६ कर्मचारी खटिएका छन् ।
जिल्लाको सुरक्षा अवस्था र निर्वाचनको तयारी अनुगमन गर्न मुख्य निर्वाचन अधिकारी विनोद पोखरेल, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीसहित तीनओटै सुरक्षा निकायका जिल्ला प्रमुख विभिन्न स्थानमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्