२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट


0
Shares

नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् । पेट्रोल बमका कारण घरमा पार्किङ गरिएको गाडीमा क्षति पुगेको छ ।

त्यसैगरी, मंगलबार बिहान पुनः दोस्रोपटक नेता भुसालको घरमा सकेट बम फेला परेको छ । बिहान करिब ५ बजे घरसँगै सकेट बम देखेपछि तुरुन्त प्रहरीलाई खबर गरेको नेता भुसालका भाइ लक्ष्मण भुसालले बताए । सो सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय गरेको थियो ।

निर्वाचनको मिति नजिकै आउँदा जिल्लामा विस्फोटका घटना बढ्न थालेका छन् । तर, स्थानीय प्रशासनले भने सानातिना विस्फोटले निर्वाचनको कार्यलाई खासै असर नपु¥याउने जनाएको छ । रासस