१ असार २०८२, आइतबार | Sun Jun 15 2025


मतदाता धमाधम गृहजिल्लातिर (भिडियो)


0
Shares

राजधानीको नयाँ बसपार्कलगायतका स्थानमा घर फर्कनेहरुको लर्को देखिने गरेको छ ।

अधिकांश जिल्लामा विभिन्न राजनीतिक दलहरुले नै गाडी रिजर्भ नै गरेर मतदाता लैजाने व्यवस्था मिलाएका छन् भने त्यस्तो अवसर नमिल्ने मतदाताहरु व्यक्तिगतरुपमै पनि फर्किरहेका छन् ।

काठमाडौं, नयाँ बसपार्कबाट मंगलबारमात्रै सयौं बस बाहिरिएका छन् । बसपार्कको टिकट काउन्टरमा टिकट काट्नसमेत कर्मचारीहरुलाई भ्याइ–नभ्याइको अवस्था रहेको छ ।

गृहजिल्ला फर्कने तयारीमा रहेकाहरुले चुनावमा भोट हाल्न जान लागेको भन्दै विकास गर्नसक्ने सक्षम उम्मेदवारलाई मत दिने बताए ।

भिडियो हेर्नुहोस्