१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरे


0
Shares

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कर्मचारी भर्नाको विषयलाई लिएर आन्दोलित बन्दै आएका प्राध्यापकहरुले विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत प्राध्यापकहरुले आज हातमा कालो पट्टी बाँधेर पढाएका छन् ।

यस्तै प्राध्यापकहरुले भोलि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउने साथै कुलपति र उपकुलपतिलाई समेत ज्ञापनपत्र पठाउने जनाएका छन् ।

यस्तै, बिहीबार जिल्लास्थित सांसद, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधी, बुद्धिजीवि, अभिभावकलगायतको उपस्थितिमा खुला बहस तथा अन्तक्र्रिया गर्ने तय गरेका छन् ।

क्याम्पस प्रमुखले प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेकाले दवावमूलक आन्दोलन जारी राख्ने प्राध्यापक संघका सचिव देवसिंह नाथले बताए ।