
एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौं आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट तीन किलो सुनसहित सोमबार(हिजो) पक्राउ गरी मंगलबार (आज) सार्वजनिक गरेको हो ।
उनको साथबाट चारथान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी तीन किलो सुन प्रहरीले बरामद गरेको छ ।
बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्