
आयोगले प्राविधिक व्यवस्थापन गर्न नसक्दा दोस्रो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि कर्मचारीहरु छुट्ने भएका हुन् ।
मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरु यसपालि पनि मतदान गर्नबाट बन्चित हुने भएका छन् ।
४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा खटिने कर्मचारीहरु निर्वाचन आयोगले प्राविधिक व्यवस्थापन गर्न नसक्दा मतदानबाट बन्चित भएका हुन् ।
आयोगले कम्तीमा समानुपातिकतर्फ भएपनि कर्मचारीहरुलाई मतदान गर्न वातावरण बनाउन लागिपरेको यसअघि बताउँदै आएको थियो ।
प्रत्येक मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी खटाउने आयोगले तयारी गरेको छ ।
स्वयंसेवकसमेत गरी निर्वाचनमा २ लाख ७२ हजार कर्मचारी खटिने आयोगले जनाएको छ ।
यसअघि, महान्यायाधिवक्ता कार्यालयका भरतकुमार मैनालीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपनि संविधानको धारा ८४ को उपधारा ५ विपरीत नहुने गरी निर्वाचनमा खटिने कर्मचारीका लागि स्वविवेकमा निर्णय गर्न भनेको थियो ।
सो विषय चर्चामा आएपनि आयोगले अहिलेसम्म निर्णय लिइनसकेको प्रवक्ता नवराज ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्