१ असार २०८२, आइतबार | Mon Jun 16 2025


धनकुटामा ६७ वटा अपाङ्गतामैत्री मतदान केन्द्र, ताप्लेजुङमा गणनास्थलमा सीसी क्यामेरा


0
Shares

अपाङ्गता भएकै कारण धेरै मतदाता बन्चित हुन परेको गुनासो आएपछि केन्द्र अपाङ्ग मैत्री बनाइएको निर्वाचन कार्यालय धनकुटाका प्रमुख केवलप्रसाद रेग्मीले जानकारी दिए ।

जिल्लामा १ सय १७ वटा मतदान स्थलअन्तर्गत १ सय ५३ वटा मतदान केन्द्र छ ।

एक लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा १ सय ७३ जना अपाङ्गता भएका मतदाता रहेको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

उता, पहिलो चरणमा निर्वाचनसम्पन्न भएको ताप्लेजुङमा मतगणनाका लागि सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

सुरक्षा संवेदनशिलतालाई ख्याल गरी सदरमुकाममा सुरक्षा व्यवस्था कडा बनाउनुको साथै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामरा राखिएको छ ।

मतगणना स्थलमा थप तारबार गरिएको छ ।

मतगणनाको समयमा राजनीतिक दल र अरु व्यक्तिले दखल दिन नसकून् भनेर गणना स्थलमा काठको फ्रेममा प्लाष्टिकको डोरी प्रयोग गरी बार लगाईएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

बार बाहिर दलका प्रतिनिधि रहने र भित्र मतगणना गरिने छ । राजनीतिक दलका प्रतिनिधिसँगै उनिहरुलाई निगरानी गर्न सुरक्षाकर्मी पनि राखिने छ ।

मंसिर १० मा भएको मतदानको बिहीबार साँझ ५ बजेबाट मतगणना थालिने छ । गणना चारवटा कोठामा गरिने, प्रदेश र प्रतिनिधि सभाको एकैपटक गणना गरिने कार्कीले बताए ।