१ असार २०८२, आइतबार | Sun Jun 15 2025


लमजुङमा मतगणना स्थलमा तारजाली लगाइयो, अन्य तयारी तीब्र


0
Shares

                                                      तस्वीर : रासस

मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सकिनासाथ साँझ पाँच बजेपछि मतगणना गर्नेगरि मतगणनास्थल र गणक छनौटलगायतका तयारी गरिएको छ ।

मतगणना गर्ने स्थान जिल्ला समन्वय समितिको सभाहलभित्र तारजाली लगाउनुको साथै सिसिटिभी जडान गरिएको छ । सभाहलमा एकैपटक तीन स्थानमा मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

मतगणनाका लागि करिब ५० जना कर्मचारी छनौट गरिएका छन् । छनौट भएका मतगणकहरुलाई प्रशिक्षण दिनुको साथै अन्य तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको लमजुङका १६५ मतदान केन्द्रका ४९५ मतपेटिका र अन्य सामाग्रीहरु सिसि क्यामाराको निगरानीमा जिल्ला समन्वय समितिको सभाहलमा राखिएको छ ।

पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना गरिने र त्यसपछि समानुपातिक तर्फको मतगणना गरिने भएको छ ।

लमजुङमा एकलाख १५ हजार ४४९ मतदाता रहेकोमा ७७ हजार ३४० जनाले मात्र मतदान गरेका थिए ।