१ असार २०८२, आइतबार | Sun Jun 15 2025


मत हाल्ने तरिकाबारे मतदाता अझै अन्योलमा (भिडियो रिपोर्ट)


0
Shares

तर, मत हाल्ने दिनको मुखैमा पुग्दा पनि मत हाल्ने तरिकाबारे मतदाता भने अन्योलमै छन् ।

हरेक निर्वाचनमा मतदाता शिक्षाका लागि करोडौंको रकम खर्च गरिँदै आएको छ । तर, त्यो कति सार्थक बन्यो भन्नेचाहिँ मतदाताको भनाइले झन् टड्कारो बनाइदिएको छ ।

हरेक मतदातालाई मतदान गर्ने तरिका राम्रोसँग सिकाइएको दाबी निर्वाचन आयोग गरिरहन्छ । तर, केही मतदाताको भनाइले उक्त दाबीलाई फोस्रो बनाइदिएको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा स्थानीय तहको निर्वाचनमा झन्डै चार प्रतिशत मत बदर भएको तथ्यांक छ ।

झन् यसपटक यो संख्या बढेर पाँच प्रतिशत पुग्नसक्ने स्वयं आयोग बताउँछ ।

विभिन्न कारणले प्रभावकारीरुपमा मतदाता शिक्षा पुर्‍याउन नसकिएको आयोगको स्वीकारोक्ति छ ।

निर्वाचनमा कति मतपत्र हुने, कसरी मतदान गर्ने भन्ने विषयमा विभिन्न सन्चारमाध्यमहरुले तारन्तार प्रचार नगरेका पनि होइनन् । तैपनि, रेडियो र टेलिभिजनबाट आएका सूचनाबाट पनि प्रस्ट हुन नसकेको गुनासो मतदाता गर्छन् ।

उनीहरु आफ्नो टोल–छिमेक, घर–आँगनमा मतदाता शिक्षाका लागि कोही नआइपुगेको बताउँछन् । नेताहरु भोट माग्न भने तारन्तार आउने गरेको बताउँछन् ।

भिडियो हेर्नुहोस्