
दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ४५ जिल्लामा बिहीबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
प्रमुख आयुक्त यादवले निर्वाचनमा पूर्णसुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न पनि मतदातालाई अपिल गरे ।
निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने सबैले मतदान गर्न पाउने जनाएको छ ।
यस्तै, अपांगता, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिइ मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन असमर्थ मतदाताले नागरिकता वा कुनैपनि मान्यताप्राप्त सरकारी परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्