
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको समन्वयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालयको सहयोगमा मिडिया सेन्टरको स्थापना गरिएको हो ।
मतगणनास्थल हलनजिकै समन्वय समितिको बैठककक्षमा मिडिया सेन्टरको स्थापना गरिएको हो ।
मिडिया सेन्टरका लागि जिल्ला समन्वय समितिको कार्यालयबाट ‘हाइस्पिड’को इन्टरनेट जडान गरिएको छ ।
मिडियाकक्षमा बसेर पत्रकारले अडियो, भिडियो, फोटो समाचार पठाउन र लाइभ गर्नसक्ने स्थानीय विकास अधिकारी एवं सहायक निर्वाचन अधिकृत डिल्लीराम सिग्देलले बताए ।
मिडियाकक्षबाट एकैपटक १५ जना पत्रकारले आफ्नो सामग्रीसहित समाचार सम्प्रेषण गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
पहिलो चरणअन्तर्गत् मंसिर १० गते निर्वाचन भएको लमजुङमा मंसिर २१ गते साँझ ५ बजेदेखि मतगणना गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्