१ असार २०८२, आइतबार | Sun Jun 15 2025


निर्वाचनमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयको दाबी


0
Shares

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहसचिव मोहनकृष्ण सापकोटाले मतदान केन्द्रमात्रै नभइ मतदानमा जाने नागरिकहरुको सुरक्षाको पनि प्रबन्ध गरिएको दाबी गरे ।

निर्वाचनविरोधी तत्वहरुलाई नियन्त्रणमा लिइएको भन्दै उनले निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ लाख सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

त्यस्तै, मतदानका दिन बिहीबार हवाई गस्ती, स्थलगत गस्ती, सादा पोसाकमा गस्तीलगायतका सुरक्षा गस्तीको पनि व्यवस्था गरिएकाले सुरक्षाको चिन्ता नगर्नसमेत सचिव सापकोटाले आग्रह गरे ।

कुनै घटना भइहाले घटना भएको १० देखि ३० मिनेटभित्र थप प्रहरी घटनास्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

निर्वाचन हुने ४५ जिल्लामा बुधबार राति १२ बजेपछि बिहीबार बेलुका ७ बजेसम्म सवारी–साधन चल्न नदिने व्यवस्था गरिएको उनले बताए ।