
बिहीबार साँझ ५ बजेदेखि मतगणना गरिने र त्यसका लागि मतगणनास्थल र मतगणक छनोटलगायतका सबै काम पूरा भएको कार्यालयले जनाएको हो ।
धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को जिल्ला भूसंरक्षण कार्यालयको तालिम हलमा र क्षेत्र नम्बर–२ को जिल्ला समन्वय समितिको सभाहलमा मतगणनाका लागि तारजाली लगाउनुको साथै सीसीटीभी क्यामरा जडान गरिएको छ ।
धादिङमा दुई लाख ३३ हजार ५०५ मतदाता रहेकोमा १ लाख ५६ हजार ३८५ जनालेमात्र मतदान गरेका थिए ।
धादिङका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका र अरु सामग्रीहरु सीसी क्यामराको निगरानीमा जिल्ला समन्वय समितिको सभाहल र जिल्ला भूसंरक्षण कार्यालयमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्