
कास्की, पुस ८ । पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु गएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् ।
मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् । दुर्घटनामा गम्भीर घाइते कुँवरको उपचारार्थ अस्पताल लाँदै गर्दा ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
मोटरसाइकल पछाडि बसेका वर्ष १८ का प्रविण पुनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा–१ सिम्पानीस्थित करुणानिधी माविमा कक्षा १२ मा अध्ययन गर्ने दुवैजना आइतबार बिहान ६ बजे क्याम्पस जाँदै गर्दा उनीहरु चढेको ग१४प ८१५१ नम्बरको मोटरसाइकल सडकको छेउमा रोकी राखेको ना१क ७१६४ नम्बरको ट्रकसँग ठोक्किएको थियो । दुर्घटना लगत्तै स्थानीयले उनीहरुलाई अस्पताल पुर्याएका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्