
आज भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ मा पर्ने अमरदीप आधारभूत विद्यालय आलमदेवी केन्द्रमा ११५ वर्षीया दमन्ती थापामगरले मतदान गरेकी हुन् ।
७ सय ९६ मतदाता रहेको आलमदेवी केन्द्रमा बिहान ७ बजे नै उनले मतदान गर्नुभएको मतदान अधिकृत तेजबहादुर थापाले जानकारी दिए ।
कालीगण्डकी–३ आलमदेवी देउरालीकी दमन्तीको जन्म १९५९ कात्तिक १० गते भएको हो ।
यस्तै, स्याङ्जाको चापाकोट नगरपालिका–२ ठाँटिभञ्ज्याङका १ सय १ वर्षीय चित्रबहादुर सारुले पनि मतदान गरेका छन् ।
स्याङ्जा क्षेत्र नम्बर २ कै जनजागृति आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर चित्रबहादुरले मतदान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्