
धनकुटा, पुस ८ । नेपाल पत्रकार महासंघको पाँचौं केन्द्रीय कमिटी बैठक १७ बुँदे धनकुटा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको पाँचौं ऐतिहासिक बैठकले हालै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनको निर्णयहरु कार्यान्वयन तथा विधान संशोधन गर्न मस्यौदा समिति गठन सम्वन्धमा छलफल गर्दै प्रत्यक्ष निर्वाचन प्रणालीलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तै, फागुनमा हुने साधारणसभा पोखरामा गर्नेसमेत निर्णय भएको जनाइएको छ । धनकुटा जिल्लालाई अर्गानिक सिटीका रुपमा विकास गर्न, साथै जिल्लाको कृषि, धार्मिक, पर्यटन, वातवरण विकासका लागि नेपाल पत्रकार महासंघ धनकुटाले प्रचार प्रसारको माध्यमबाट सहयोग पु¥याउने निर्णय भएको छ ।
बैठकमा महासंघका पदाधिकारी, सदस्यहरु, एशोसिएट संस्थाका प्रमुखहरु, प्रदेश प्रमुखहरु सहित ५४ जनाभन्दा बढी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्