१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


राष्ट्र सबल हुन दण्डहीनता अन्त्य जरुरी : राष्ट्रपति


0
Shares

काठमाडौं, पुस ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सबल हुन कानुनी शासनको प्रवर्द्धनका साथै दण्डहीनताको अन्त्य जरुरी रहेको बताएकी छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सरकारी वकिलहरुको दक्षता र क्षमता अभिवृद्धि गर्न राज्यका साथै उनीहरु आफैं पनि सक्रिय हुनु आवश्यक रहेको बताइन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लागु भएको नयाँ संविधान कार्यान्वयन प्रभावकारी बनाउन कानुनी क्षेत्रका ब्यक्तिहरु कर्तव्यनिष्ठ र इमान्दार हुनु जरुरी रहेको बताए ।

कार्यक्रममा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सेवा सुविधा वृद्धि हुँदै गएकाले सरकारी वकिलको पेशातर्फ आकर्षण बढ्दै गएको बताए ।

कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नायव महान्यायाधिवक्ता किरण पौडेललाई ‘सर्वोत्कृष्ठ वर्ष सरकारी वकिल’ सम्मानबाट सम्मानित गरिएको थियो ।