३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


१२ जना क्रियापुत्रीले एकैसाथ गरे मतदान


0
Shares

उनीहरुले धरान उपमहानगरपालिका वडा नम्बर–६ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

बाबुको मृत्युपछि क्रिया गर्न बसेका धरान–६ पानवारीका क्रियापुत्रीहरु विनोद विक, रनध्वज लोहार, देवीमाया विक र माया लोहारले मतदान गरेका छन् ।

उनीहरुलाई मतदान केन्द्रसम्म आउन स्थानीय वासिन्दाले सहयोग गरेका थिए ।

पानवारीकै अर्का क्रियापुत्री हरिकृष्ण अधिकारीले पनि श्रीमती जमुनाका साथ सोही मतदान केन्द्रमा आएर भोट हालेका छन् । हरिकृष्ण आमाको मृत्यु भएपछि क्रियामा बसेका छन् ।

पानवारीकै क्रियापुत्रीहरु शिव कट्वाल, नैनबहादुर कट्वाल, चन्द्रबहादुर कट्वाल, कमला कट्वाल, हर्कमाया कट्वाल र दुर्गाकुमारी कट्वालले पनि सरस्वती उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बाबुको मृत्युपछि क्रियामा बसिरहेका स्थानीय रणध्वज लोहारले आफूहरुको मतको कदर गरी यस क्षेत्रको विकास र दलितहरुको हक–हितमा लाग्न निर्वाचित हुने उम्मेदवारलाई सुझाव दिए ।