
अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य सुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेकाअनुसार कुल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङमा ६ हजार ७१४ मत खसेको थियो ।
त्यसैगरी, कुल पाँच हजार ८८१ मतदाता रहेको मनाङमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए ।
बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो ।
करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्