
जिल्ला निर्वाचन कार्यालयकाअनुसार अहिले दुई स्थानमा मतगणना सुरु भएको छ ।
निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो ।
जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा १३ र २ मा ९ जना चुनावी प्रतिस्पर्धामा छन् ।
रसुवामा पहिलो चरणमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना सुरु भएको छ ।
रसुवामा कुल ३२ हजार ३३२ मतदातामध्ये २६ हजार ९४ मत खसेको थियो ।
जिल्लाबाट प्रतिनिधिसभातर्फ सातजना चुनावी प्रतिस्पर्धामा छन् ।
म्याग्दीमा बिहीबार साँझदेखि मतगणना सुरु भएको छ ।
सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो । मतगणनाको निगरानी गर्न सीसीटीभी क्यामरा जडान गरिएको छ ।
जिल्लामा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस
प्रतिक्रिया दिनुहोस्