
आफ्नो घरनजिकै लगनटोलमा रहेको मतदान केन्द्रमा रहेका बेला कांग्रेस नेता ध्यानगोविन्द रञ्जितका छोरा युरिकले आफूलाई दुर्व्यवहार गरेको प्रमुख शाक्यले राससलाई जानकारी दिए ।
‘महानगर प्रमुख मतदान केन्द्रमा आउन पाइँदैन भन्दै अपशब्द बोली मलाई दुर्व्यवहार भयो’–उनले भने ।
प्रहरीले प्रमुख शाक्यमाथि दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको छ । उक्त मतदान केन्द्र प्रमुख शाक्यको निवासनजिकै रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्