महिला मतदाता के भन्छन् ? (भिडियो) • Image Khabar Image Khabar


महिला मतदाता के भन्छन् ? (भिडियो)


Imagekhabar
२१ मंसिर २०७४, बिहीबार १९:३३

महिला मतदाता के भन्छन् ? (भिडियो)

राजनीतिक दलका नेताहरुले भाषणमा जे बोले पनि संविधानमा जे लेखेपनि व्यवहारमा लागू हुन नसकेको अवस्था छ ।

महिला पुरुषजस्तो हरेक कुरामा स्वतन्त्र नहुने भएकाले महिलाहरु अवसरबाट बन्चित हुनुपरेको छ ।

राजनीतिमा लामो समयसम्म योगदान गरेपनि अधिकांश महिलाहरुले अहिलेको चुनावमा उम्मेदवारी दर्ता गर्न पाएनन् । महिलालाई योग्यता र क्षमता नभइ अवसरको खाँचो भएको मतदाताहरुको भनाइ छ ।

अवसर नै नदिइ काम गर्ने क्षमता नै नभएको भन्न नहुने उनीहरु बताउँछन् ।

संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा महिलाको उम्मेदवारी ३३ प्रतिशत नै हुनुपर्ने बाध्यकारी नियम नभएकाले महिलाहरु पछि परेको महिला मतदाताहरु बताउँछन् ।

केही महिला मतदाताहरु भने ठूला दलका नेताहरुमा पितृसत्तात्मक सोच हाबी भएकाले महिलाहरु अझैपनि पछाडि परिरहेको बताउँछन् ।

केही मतदाता अब चुनिने जनप्रतिनिधिप्रति विश्वस्त छन् भने केही मतदाता भने अब चुनिने जनप्रतिनिधिप्रति कुनैपनि विश्वास नै नभएको बताउँछन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्