रुकुम पूर्वमा वाम गठबन्धनको अग्रता • Image Khabar Image Khabar


रुकुम पूर्वमा वाम गठबन्धनको अग्रता


Imagekhabar
२१ मंसिर २०७४, बिहीबार १९:५७

रुकुम पूर्वमा वाम गठबन्धनको अग्रता

पहिलो चरणको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मतका साथ अग्रता लिएकी छन् ।

यहाँ एक हजार १५९ मतगणना गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् ।

यस्तै, नयाँ शक्ति पार्टी नेपालका जीतमान पुनले २३२, नेकपा मालेका उम्मेदवार मोतीराम खड्काले २७ र मंगोल नेसनल अर्गनाइजेसन पार्टीका रतनबहादुर बूढाले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए ।

यहाँ जम्मा १८ हजार ३१ मत खसेको थियो ।

पहिले प्रतिनिधिसभाको मतगणना गरेरमात्र प्रदेशसभाको मतगणना सुरु गरिने उनले बताए ।

बिहीबार रातभरिमा प्रतिनिधिसभाको मतगणना सम्पन्न हुनसक्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्