
पहिलो चरणको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मतका साथ अग्रता लिएकी छन् ।
यहाँ एक हजार १५९ मतगणना गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् ।
यस्तै, नयाँ शक्ति पार्टी नेपालका जीतमान पुनले २३२, नेकपा मालेका उम्मेदवार मोतीराम खड्काले २७ र मंगोल नेसनल अर्गनाइजेसन पार्टीका रतनबहादुर बूढाले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए ।
यहाँ जम्मा १८ हजार ३१ मत खसेको थियो ।
पहिले प्रतिनिधिसभाको मतगणना गरेरमात्र प्रदेशसभाको मतगणना सुरु गरिने उनले बताए ।
बिहीबार रातभरिमा प्रतिनिधिसभाको मतगणना सम्पन्न हुनसक्ने बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्