
बिहान ७ बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य सुरु भएपनि साँझ ५ बजेसम्म उक्त मतदान केन्द्रमा कुनैपनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।
उक्त मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भएपनि कोहीपनि मतदाता नआएका कारण मतदान हुन नसकेको उनले बताए ।
डा. सीके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता छन् । रासस
प्रतिक्रिया दिनुहोस्