३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


दोलखामा मतगणना सुरु, कांग्रेसद्वारा बहिस्कार


0
Shares

बिहीबार बेलुका ७ः३० बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

बिहीबार साँझ ५ बजेबाट मतगणना सुरु गर्ने भनिएपनि नेपाली कांग्रेसले मतगणनामा प्रतिनिधि नपठाउने भनेपछि गणना ढिला भएको हो ।

कांग्रेसले दोलखाको क्षेत्र नम्बर–१ मा पर्ने सुरी, मार्वु र जुँगु मतदान केन्द्रमा वाम गठबन्धनले बुथकब्जा गरेको आरोप लगाउँदै पुनः मतदान गर्न उजुरी दिएको थियो ।

तर, बिहीबार नै निर्वाचन आयोगले पुनः मतदान गर्न नपर्ने निर्णय गरेपछि मुख्य निर्वाचन कार्यालय दोलखाले मतगणना सुरु गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगको निर्णयप्रति असहमति जनाउँदै दोलखाको प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र नम्बर–१ को मतगणना बहिस्कार गरेको छ ।

प्रदेशसभा क्षेत्र नम्बर–२ मा भने प्रतिनिधि राखेको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।