३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट


0
Shares

बिहीबार भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी–साधनमा लक्षित गरी बम पड्काइएको हो ।

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका ‘क’ र ‘ख’ मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी–साधनमा लक्षित गरी बम विस्फोट गराइएको थियो ।

सोहीक्रममा ना३च ९४७१ नम्बरको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ ।

बम विस्फोट गराइएपनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।