३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता


0
Shares

एक हजार ६१५ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन् ।

वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका मंगलबहादुर शाहीले २५१ मत ल्याएका छन् । हालसम्म १३८ मत बदर भएको पाइएको छ ।

त्यस्तै, एक हजार २७३ मतगणना हुँदा प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट नेकपा एमालेका दल रावलले ८६१ मत प्राप्त गरी अग्रता लिएका छन् भने कांग्रेसका थानबहादुर रोकायाले ३१३ मत प्राप्त गरेका छन् ।

नयाँ शक्ति पार्टी नेपालका धर्मराज ऐडीले २० मत प्राप्त गरेका छन् र ७७ मत बदर भएको छ ।

प्रदेशसभा ‘ख’को शुक्रबारमात्र मतगणना हुने बताइएको छ । रासस