
नेपाली कांग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन् ।
त्यस्तै, जाजरकोटको प्रदेशसभा ‘क’मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र कांग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन् ।
प्रदेशसभा ‘ख’मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने कांग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन् ।
सोलुखुम्बुमा पनि वाम गठबन्धनको अग्रता
सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ ।
प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन् । कांग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याएका छन् ।
यस्तै, प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याएका छन् ।
प्रदेशसभा ‘ख’मा वाम गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका आंगगेलु शेर्पाले २३० मत ल्याएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्