३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


दाङमा मतपेटिकाको सुरक्षार्थ प्रहरीद्वारा हवाई फायर


0
Shares

सो मैदानभित्र मतपेटिका संकलन गर्ने समयमा दुई व्यक्ति प्रहरीलाई हातपात गरी जबर्जस्ती मैदानभित्र छिर्न खोजेपछि हवाई फायर गर्नुपरेको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले बताए ।

प्रहरीले ती दुईजनालाई नियन्त्रणमा लिएको छ ।

अरनिको मैदानमा रहेको मतदान केन्द्रमा अहिले पनि मतपेटिका गाडीभित्र राखिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडाका मतपेटिका तुलसीपुरमा आइपुगेपछिमात्र त्यहाँका मतपेटिकालाई घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिने इप्रका तुलसीपुरका प्रमुख सुधीर शाहीले जानकारी दिए । रासस