३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


चितवनमा शुक्रबार बिहान ९ बजेपछि मतगणना हुने


0
Shares

बिहीबार साँझ बसेको सर्वदलीय बैठकले शुक्रबार बिहान ९ बजेपछि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना सुरु गर्नुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । मतगणना भरतपुरस्थित चितवन उच्च माविमा हुने जनाइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको एकैपटक मतगणना हुने पनि जनाइएको छ ।

चितवनमा शुक्रबार शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जिल्लामा करिब ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।

मतगणनास्थल चितवन उच्च माविमा अहिले मतपेटिका ल्याउनेक्रम जारी छ ।