
अहिलेसम्म प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुई जना विजयी भएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका एक जना विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्यमा मुस्ताङ (क) बाट नेकपा एमालेका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी हुँदा मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् ।उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्यमा मनाङ (क) बाट नेपाली कांग्रेसका चिन्तबहादुर घले ९ सय ९८ मत ल्याएर विजयी भएका छन् । मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे भनिने राजीव गुरुङ १४१० मतका साथ विजयी भएका छन् ।
यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।
अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले १६ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा अग्रता लिएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवारले ५ स्थानमा अग्रता लिएका छन् ।
प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्