३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


बैतडीमा प्रतिनिधिसभाको एक र प्रदेश सभाको दुवै सिटमा वाम गठबन्धनको अग्रता कायमै


0
Shares

बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिश्पर्धा भईरहेको छ । बिहीबार साँझदेखि जारी मतगणनामा वाम गठबन्धनले लिएको अग्रता अहिले पनि कायमै रहेको छ ।

प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन १ हजार ८०० मतले अगाडी छ । शुक्रबार बिहान ९ बजेसम्मको मतपरिणाम अनुसार एमालेका दामोदर भण्डारीले ८ हजार ६३१ र कांग्रेसका नरबहादुर चन्दले ६ हजार ८४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका प्रेम प्रकाश भट्टले ७ हजार ८६६ र कांग्रेसका हरिमोहन भण्डारी ६ हजार ४०१ मत प्राप्त गरेका छन् । प्रदेश सभा (ख) मा नेकपा एमालेका लिलाधर भट्ट ७ हजार ५२६ र राप्रपाका गणेश चन्दले ५ हजार ६२५ मत प्राप्त गरेका छन् ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।

प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिश्पर्धामा छन् ।