२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025


दोलखामा बाम गठबन्धनले बनायो फराकिलो अग्रता


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभाको दुवै सिटमा बामगठबन्धनले फराकिलो अग्रता लिएको हो । पछिल्लो मतपरिणा अनुसार प्रतिनिधिसभामा बामगठबन्धनका पार्वत गुरुङले ६६९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २७०८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ (क)मा वाम गठबन्धनका विशाल खड्काले ६२१७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बर्मा लामाले २१०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा (ख) मा वाम गठबन्धनका पशुपति चौलागाईँले ३९६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका केशवराज चौलागाईँले १५४७ र नेकपा मालेका लालकुमार केसीले १५२१ मत प्राप्त गरेका छन् ।