
प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका एमालेका विशाल भट्टराईले २ हजार ८०१ मतको मतान्तरले अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती वजिमयले ५ हजार १७५ मत प्राप्त गरेकी छिन् ।
यस्तै, प्रदेशसभा सदस्य (क) मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका राजन राईले १ हजार ४६१ मतको मतान्तरले अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका सुभाषकुमार पोखरेलले २ हजार ५७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।
घिमिरेकाअनुसार प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामकुमार राई (पासाङ) ले १ हजार ७४२ को मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका बिष्णुकुमार राईले २ हजार ५२८ मत प्राप्त गरेका छन् ।
कुल १ लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा ७१ हजार ३११ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्